सप्तरी । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीमा बाढीले भत्काएका बाँध तत्काल बनाउने प्रतिबद्धता जनाएका छन् । बाढी प्रभावित क्षेत्र सप्तरीमा पुगेका प्रधानमन्त्री देउवाले बाढी पहिरोको समस्यालाई सरकारले गम्भिरतापूर्वक लिएको र प्रभावितलाई प्रभावकारी राहतको ब्यवस्था गर्ने पनि बताए।
प्रधानमन्त्री देउवा नेपाली सेनाको हेलिकप्टरबाट गृहमन्त्री तथा सुरक्षा निकायका प्रमुखसहित सप्तरी पुगेका हुन् । उनले डुवान प्रभावितलाई प्याकेजमा राहत उपलब्ध गराइने पनि बताए । बाढीले बगाएको पाँचमध्ये दुई ठाउँ पोर्ताहा र भेरियामा बाँध बनाउने काम अहिले भइरहेको छ । शुक्रबार दिनभरीमा एउटा बाँध बनाइसक्ने सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।
लगातार पानी परेपछि खाडो, महुली, सुन्दरी र दूधेला खोलामा आएको बाढीका कारण तिरहुत तिलाठी कोइलाडी र रुपनी गाउँपालिका तथा कंचनरुप, हनुमाननगर र कंकालिनी नगरपालिकाका, विभिन्न गाउँका झण्डै ५ सय घर डुवानमा परेका छन् । डुवानका कारण २८ परिवार विस्थापित भएका छन् ।
प्रतिक्रिया