देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मेक्सिकोको जेलमा दुई पक्षबीच झडप, २८ जना कैदी मारिए

देशान्तर

असार २३ । मेक्सिकोको जेलमा दुई पक्षका कैदीबीच भएको झडपमा २८ जना मारिएका छन् । दक्षिण पश्चिम मेक्सिकोको अकापुल्को शहरमा रहेको जेलमा दुई विरोधी गूटबीच भएको झडपमा उनीहरु मारिएको जेल प्रशासनले जनाएको छ ।

 

धेरैजसो कूटपिटकै कारण मारिएका थिए भने केहीको शीर छेदन गरेर हत्या गरिएको जनाइएको छ । अकापुल्को मेक्सिकोकै अत्यन्तै धेरै हिंसा हुने र लागू पदार्थ उत्पादन हुने केन्द्रका रुपमा लिइन्छ । टाउको छिनालेका शव फेला परे पनि हतियार भने प्राप्त नभएको अधिकारीहरुको भनाइ छ ।

 

यो जेल निकै बढी कैदीले भरिएको र क्षमतभन्दा बढी कैदी राखिएको बताइएको छ । निकै पर्यटक जाने शहरका रुपमा पनि चिनिने यो स्थान लागू पदार्थ र लगातार भइरहने यस्तै हिंसाका कारण अहिले मृत शहरझै बनेको बताइन्छ ।