देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अपारदर्शी खरिद प्रक्रियाका कारण सिपाहीले पाएनन् लत्ताकपडा

देशान्तर

काठमाडौं । सशस्त्र प्रहरी प्रधान कार्यालयले ३ वर्षदेखि आफ्ना जनशक्तिलाई कब्याट ड्रेससहितको अति आवश्यकीय लत्ताकपडा उपलब्ध गराउन सकेको छैन । ठेकेदार र निर्णय प्रक्रियामा संलग्न अधिकारीबीच अपारदर्शी खरिद प्रक्रिया तथा आर्थिक चलखेल हुँदा यस्तो अवस्था देखिएको जानकारहरु बताउँछन् ।

वर्षैपिच्छे उपलब्ध गराउनुपर्ने बुट, चुस्ता, ट्राउजरलगायत मौसमअनुसारका आधा दर्जन लत्ताकपडा खरिद नहुँदा करिब ३७ हजार सशस्त्र प्रहरी कर्मचारीका लागि विनियोजित रकम बजेट नै फ्रिज भएर लत्ताकपडा उपलब्ध गराउन सकेको छैन् ।

सशस्त्र प्रहरी प्रशासन विभागका अनुसार, अढाइ वर्षअघि ३० करोड रुपैयाँभन्दा बढीको लत्ताकपडा लगायतका बन्दोबस्तीका सामान खरिदसम्बन्धी सम्झौता भएको थियो । तर, सम्झौताअनुसार धेरैजसो सामान खरिद नभएपछि सशस्त्रले केही ठेकेदारसँग सम्झौता नै रद्द गरेको थियो । कारोबार दैनिकमा समाचार छ ।