देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रदेश सभा सदस्य विधेयक अन्तिम चरणमा

देशान्तर

काठमाडौंँ । प्रदेश सभा सदस्य निर्वाचनसम्बन्धी विधेयक तर्जुमा कार्य अन्तिम चरणमा पुगेको छ । सात प्रदेशमा ५ सय ५० सदस्यका लागि आगामी असोजको अन्तिम साता निर्वाचन गर्न निर्वाचन आयोगले प्रस्ताव गरेको छ । संविधानअनुसार प्रदेश सभा एक सदनात्मक हुनेछ । प्रतिनिधि सभाका लागि १सय ६५ निर्वाचन क्षेत्र हुने संविधानमा व्यवस्था छ । प्रदेश सभामा प्रत्यक्षतर्फ प्रतिनिधि सभाको दोब्बर सदस्य हुने प्रावधान छ ।

संविधानअनुसार प्रदेश सभामा प्रत्यक्ष ३ सय ३० र समानुपातिकतर्फ २ सय २० सदस्यका लागि निर्वाचन हुनेछ ।  प्रदेशसभा निर्वाचनको विधेयकलाई अन्तिम रूप दिने क्रममा बुधबार आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवसहितको बैठक बसेको थियो ।

आयोगका कानुन सहसचिव सुशील कोइरालाले प्रदेश सभा सदस्य निर्वाचनसम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको बताए । आयोगले २०७३ फागुनमै मस्यौदा विधेयक गृह मन्त्रालयलाई पठाएको थियो । गृहले कानुन मन्त्रालयमा पठाएपछि विधयेक पुनः निर्वाचन आयोगमा आइपुगेको हो ।  आयोगका  उपसचिव (कानुन) कृष्णराज खनालले बुधबार नै कानुन मन्त्रालयमा विधयेकबारे थप छलफल भएको र धेरै विषयहरू टुङ्गोमा पुग्न लागेको जानकारी दिए । गोरखापत्रमा समाचार छ ।