देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पार्टीमा कुरा मिले तत्काल मन्त्रीमण्डल विस्तार

देशान्तर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रीमण्डल विस्तारको अन्तिम तयारीमा लागेका छन् । पार्टीभित्र पनि भागवण्डा मिलाउनुपर्ने भएकोले हिजो (बुधबार) देउवाले रामचन्द्र पौडे ल पक्षसँग नाम मागेका थिए । तर पौडेल पक्षले कुन कुन मन्त्रालय दिने हो नाम पहिला मागेपछि बुधबार साँझ मन्त्रालय भागवण्डाको तयारी भएको छ ।

देउवाले पौडेल पक्षलाई ४ वटा र कृष्णप्रसाद सिटौलालाई एउटा मन्त्रालय दिने बताएको देउवा निकट स्रोतले जानकारी दिएको छ ।

वर्तमान संयुक्त सरकारमा कांग्रेसले १२ वटा मन्त्रालय राख्ने माओवादी केन्द्रसँग सहमति भएको छ । देउवाले पार्टीभित्रको गुट व्यवस्थापन गर्न पौडेल र सिटौला पक्षलाई ५ वटा मन्त्रालय दिने र अन्य मन्त्रालय आफ्नो पक्षलाई दिने तयारी गरेका छन् । पार्टीभित्रको भागबण्डा मिलेमा प्रधानमन्त्री देउवाले आज बिहीबार मन्त्रीमण्डलको विस्तार गर्ने तयारी गरेका छन् । खबर नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।