देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

झापाको कमल गाउँपालिका अध्यक्षमा कांग्रेस र एमालेको मत बराबर

देशान्तर

काठमाडौं । झापाको कमल गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवारको मत बराबरी आएपछि अन्योल सिर्जना भएको छ । मंगलबार आएको मतपरिणाम अनुसार नेपाली कांग्रेसका हुकुमसिंह राई र नेकपा एमालेका अध्यक्षका उम्मेदवार मेनुका काफ्लेको मत बराबर आएपछि पुनःगणना गर्ने या गोलाप्रथा गर्ने भन्नेबारेमा अन्योल भएको छ ।

एमालेकी काफ्ले र कांग्रेसका राई दुबैले ८ हजार २७५ मत प्राप्त गरेको निर्वाचन अधिकृत पदमबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार सो गाउँपालिकामा राजनीतिक दलबीच गोलाप्रथाका लागि सहमतिको प्रयास भइरहेको छ । उनले दलहरुबीच कुरा नमिलेमा पुनः मतगणना हुने बताए । अध्यक्षमा बराबरी मत आए पनि उपाध्यक्षमा भने एमालेका उम्मेदवार बेणु शिवाकोटी बिजयी भएका छन् ।

सामान्यतः वडाध्यक्ष र सदस्यमा बराबरी मत हुँदा गोला प्रथाबाट टुंगो लगाउने गरिएको छ । तर, गाउँपालिका अध्यक्षमै बराबरी भएको यो पहिलो घटना हो । स्थानीय निर्वाचन एेनको दफा ५३ मा बराबरी मत आएमा गोला प्रथाबाट निर्णय गर्नुपर्ने र जसको पक्षमा गोला पर्छ, उसले एक भोट पाएको मानिने व्यवस्था छ ।