देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विराटनगर महानगरपालिकामा कांग्रेसलाई २४ सयको अग्रता 

देशान्तर

काठमाडौं । ६ दिनदेखि विराटनगर महानगरमा कांग्रेसले अग्रता कायमै राखेको छ। मंगलबार बिहान साढे ९ बजेको अपडेटअनुसार कांग्रेसका मेयर उम्मेदवार भीम पराजुलीले ७ हजार ६ सय ९९ मत ल्याएका छन्। उनीपछि एमाले तथा फोरम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका विनोद ढकालले ५ हजार ३ सय ४१ मत पाएका छन्। अहिले कांग्रेसका पराजुलीले निकटतम् प्रतिस्पर्धी एमालेका ढकाललाई २ हजार ३ सय ५८ मतले लिड गरिरहेका छन्।

त्यस्तै, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरम गठबनध्नका तर्फबाट साझा उम्मेदवार बनेका फोरमका उमेश यादव एमालेका ढकाललाई नजिकबाट पछ्याइरहेका छन्। उनले ५ हजार १ सय ४६ मत पाएका छन् । उमेश कांग्रेसका भीमभन्दा २ हजार ५ सय ५३ र एमालेका ढकालभन्दा १ सय ९५ मतले पछि परेका छन्।

यता, उपमेयरमा कांग्रेसले नै अग्रता कायम राखेको छ। पछिल्लो मत परिणामअनुसार कांग्रेसकी इन्दिरा कार्कीले ६ हजार ६ सय २८ मत पाएकी छन्। उनीपछि माओवादी र फोरम गठबन्धनकी नमिता न्यौपानेले ३ हजार ३ सय ६१ मत पाएकी छन्। नमिता कांग्रेसकी इन्दिराभन्दा दोब्बर मतले पछि परेकी छन्।

त्यस्तै, एमालेसँग गठबन्धन गरेको फोरम लोकतान्त्रिकका तर्फबाट उम्मेदवार बनेकी सूची चौधरीले ३ हजार १ सय ४ मत पाएकी छन्। उनी कांग्रेसकी इन्दिराभन्दा ३ हजार ५ सय ३४ र माओवादीका नमिताभन्दा २ सय ५७ मतले पछि परेकी छन्।

विराटनगरमा हालसम्म वडा नम्बर १, २, १६ र १८ को अन्तिम मतपरिणाम आइसकेको छ। हाल वडा नम्बर १७ को पनि गणना सएिको बुझिएको छ। तर, अन्तिम मतपरिणामको औपचारिक घोषणा हुन भने बाँकी नै छ।