देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्रीकै कारण मन्त्रिमण्डल विस्तारमा ढिलाई

देशान्तर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तारलाई बेवास्ता गरेका छन् । सरकार गठन भएको एक महिना पुग्न लाग्दा समेत प्रधानमन्त्री देउवाले सरकार विस्तार गर्न सक्रियता देखाएका छैनन् ।

देउवा नेतृत्वमा सरकार गठन भएको एक महिना पुग्न अब केही दिन मात्र बाँकी छ । तर देउवाले मन्त्रिपरिषद् विस्तारमा चासो त देखाएका छैनन् नै निर्वाचन आयोगले प्रदेश र केन्द्र सभा निर्वाचनका लागि प्रस्ताव गरेको मितिमा छलफलसमेत गरेका छैनन् ।

सरकार विस्तारमा भएको ढिलाइका कारण तत्काल गठन हुनुपर्ने निर्वाचन क्षेत्र निर्धारण आयोग गठनको तयारीसमेत सुरु भएको छैन । प्रदेश र केन्द्र सभा निर्वाचनअघि क्षेत्र निर्धारण आयोगमार्फत हालका २ सय ४० निर्वाचन क्षेत्रलाई समायोजन गरेर १ सय ६५ मा झार्नुपर्नेछ । आजको राजधानीमा खबर छ ।