देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

धनगढीको मतगणनामा विवाद

देशान्तर

कैलाली । धनगढी उपमहानगरपालिकाको मतगणनाका क्रममा मतपेटिकामा उल्लेखित मत सङ्ख्या र मुचुल्काको बिषयलाई लिएर विवाद देखिएको छ ।
मतगणनाका क्रममा मतपेटिका बन्द गर्दा लगाइएको सिलमा उल्लेखित मत सङ्ख्या र मतदानस्थलको मुचुल्का भिडाएर मात्र नयाँ मतपेटिका खोल्नुपर्ने माग गरिएपछि विवाद भएको हो ।

धनगढी उपमहानगरपालिका–३ कोे केही मत गणना भइसकेको अवस्थामा प्रमुखका स्वतन्त्रतर्फका उम्मेदवारका पक्षले उल्लेखित मत सङ्ख्या र मुचुल्का भिडाएर मात्र नयाँ मतपेटिका खोल्न भनेपछि विवाद भएको प्रजिअ गोविन्द रिजालले बताउनुभयो ।

दलीय सहमतिमा खोलिएका मतपेटिकाको मतगणना भने अहिले पनि जारी रहेको छ । यद्यपि नयाँ मतपेटिका खोल्ने विषयमा विवाद यथावत छ । उपमहानगरको हालसम्म वडा नं १, १८ र १९ को मतगणना पूरा भइसकेको छ । वडा नं १७, २ र ३ को खोलिएका मतपेटिकाको गणना जारी छ । रासस