काठमाडौं । सरकारको मुख्य सचिवका लागि यतिबेला कर्मचारी बृत्तमा मात्र हैन राजनितिक बृत्तमै चलखेल सुरु भएको छ । मुख्य सचिवका लागि मुख्य राजनितिक दलमै चलखेल सुरु भएपछि मुख्य सचिवका १० जना दाबेदार आ–आफ्ना पक्षका नेताकहाा थैलो सहित पुग्ने थालेको समाचार आउनु थालेका छन । एक बर्ष कार्यकाल बााकि रहेपनि मुख्य सचिव सोमलाल सुवेदी सरकारी सेवाबाट बिदा लिने भएपछि यतिबेला मुख्य सचिव बन्नका लागि १० जना सचिव प्रमुखदलका शिर्ष नेताहरुको घरदैलो अभियानमा जुटेका हुन । सुवेदीको बहिर्गमनपछि मुख्यसचिव बन्न १० जना सचिव प्रतिस्पर्धामा छन् । सरकारले सुवेदीलाई १ साउनदेखि काम गर्न जाने गरी स्वीकृति दिइसकेकाले पनि प्रतिस्पर्धामा रहेका सचिवहरु दौडधुपमा लागेका हुन । सत्ता नेतृत्व गरिरहेको नेपाली कांग्रेस सुबेदी पछिको बरियतामा रहेका धनबाहादुर श्रष्ठलाई मुख्य सचिव बनाउने तयारीमा छ भने मुख्य सचिव सोमलाल सुबेदी तामाङलाई मुख्य सचिवको बाटो नखोल्ने रणनितिमा लागेका छन ।
अहिले मुख्यसचिवपछि वरीयताका हिसाबले सचिव धनबहादुर तामाङ रहेका छन । तर,मुख्य सचिव सुवेदीले २८ असारअघि नै राजीनामा दिादा चाहेको ब्यत्ति मुख्य सचिव बन्न नसक्ने भएकाले तामाङलाई मुख्यसचिव हुने बाटो बन्दगर्ने खेलमा मुख्य सचिव सुबेदी लागेका हुन ।
तामाङ ०६९ साल २८ असारमा सचिवमा वढुवा भएका थिए । तामाङ मुख्यसचिव भइहाले पनि ५८ वर्षे उमेरहदका कारण २० मंसिरमा सेवानिवृत्त हुने भएकाले मुख्य सचिव बन्न नपाए तामाङ २८ असारमा अवकाश लिने मनस्थितिमा रहेका छन ।
अर्थ सचिव शान्ताराज सुबेदीलाई मुख्य सचिव बनाउने खेलमा रहेका मुख्यसचिव सुवेदीको राजीनामा यसै कारणले पनि २८ असारपछि मात्रै आउने भएको छ । मुख्यसचिवका लागि वरीयताका आधारमा अर्थसचिव शान्तराज सुवेदी र शिक्षासचिव शान्तबहादुर श्रेष्ठ प्रबल दाबेदार रहेपनि शान्ताराजले मुख्य सचिब नपाउने भए आफुले साउन एकगते मात्रै राजिनामा दिने जानकारी प्रधानमन्त्री शेरबाहादुर देउवालाई गराई सकेका छन । तर, प्रधानमन्त्री देउवाले भने जनजातीका हिसाबले पनि सचिव धनबाहादुर तामाङलाई मुख्य सचिवका लागि बाटो खुल्ला गर्न मुख्य सचिव सुबेदीलाई २८ असार अगाडिनै राजिनामा गर्न दबबा दिएका छन ।
यता, प्रमुख प्रतिपक्षदल नेकपा एमाले तामाङलाई रोक्दै नाताले मुख्य सचिवका भाई पर्ने अर्थसचिव शान्ताराज सुबेदीलाई मुख्य सचिव बनाउन प्रधानमन्त्री देउवालाई दबाब दिईरहेको छ । एमाले अध्यक्ष केपी सर्मा ओलीले त मुखै फोरेर प्रधान न्यायाधीश तपाईको भागमा गयो अब मुख्य सचिव एमालेको भागमा रहेको र अर्थ सचिव सुबेदी एमालेको सिफारीसमा रहेको भन्दै दाबी गरिरहेको स्रोत बताउछ । अर्का मुख्य सचिवका दाबेदार शान्तराज श्रेष्ठपनि प्रधानमन्त्रीले आफुलाई मुख्य सचिव बनाउने छााट नदेखेपछि अर्कै बाटो लागेका छन । माओबादी केन्द्रले भने सत्तासााझेदार दल भएपनि कांग्रेस र एमालेको बिबादको फाईदा लिने मनस्थितिका साथ उपराष्ट्रपतिका कार्यालयका सचिव नारायणगोपाल मलेगो लाई अगाडी सारेको छ । उपराष्ट्रपति नन्दबाहादुर पुनले मलेगोलाई मुख्य सचिव बनाउन उपप्रधानमन्त्री कृष्णबाहादुर महरा र माओबादी नेता बर्षमान पुनलाई जिम्मा दिएका छन ।
तर,प्रधानमन्त्री निकट सुत्रका अनुसार मुख्य सचिव सुबेदीले धनबाहादुर तामाङलाई मुख्य सचिव बन्न रोकेको खण्डमा अर्थसचिव सुवेदी र शिक्षा सचिव श्रेष्ठ भन्दा पछिल्लो बरियतामा रहेका गृहसचिव लोकदर्शन रेग्मीका लागि मुख्यसचिव बन्ने बाटो खुल्नेछ । प्रधानमन्त्री देउवाले सुबेदीका कारण तामाङले मुख्य सचिव पाउने अवस्था नआए गृह सचिव लोक दर्शन रेग्मीलाई मुख्य सचिव बनाउने मनस्थिति बनाई सकेका छन । रेग्मीलाई मुख्य सचिव बनाउदा बरियता क्रम मिचिने भएपनि यस अघिका कनिष्ठ सचिव मुख्य सचिव भएको आधारलाई टेक्दै प्रधानमन्त्री देउवाले रेग्मीलाईनै मुख्य सचिब बनाउने प्राय निश्चित भएको स्रोतको भनाई छ । यस अघि पनि पटक पटक कनिष्ठ सचिवलाई मुख्य सचिव बनाईएका धेरै उदाहरणहरु रहेका छन । प्रधानमन्त्री डा बाबुराम भट्टराईले पनि बरिष्ठतम बरियतामा १३ नम्बर पछि रहेका सचिव लिलामणी पौडेललाई मुख्य सचिव बनाएका थिए ।
तामाङ मुख्यसचिव भए अहिलेका अन्य आकांक्षीमध्ये धेरैले मंसिरसम्ममा अवकास लिइसक्नेछन् । त्यसैले पनि प्रधानमन्त्री देउवाले चार महिनाका लागि भएपनि तामाङलाई मुख्य सचिव बनाएर त्यसपछि रेग्मीलाई बनाउने तयारी गरेका हुन । रेग्मीसागै सचिवहरू ङइन्ऽप्रसाद उपाध्याय र शंकरप्रसाद अधिकारी पनि मुख्यसचिवको प्रतिस्पर्धामा रहनेछन् । सचिवका रूपमा रेग्मीको पााच वर्षे कार्यकाल ०७५ साल ६ साउन सकिएपछि उनी निवृत्त हुनेछन् । सुवेदी र श्रेष्ठमध्ये कोही मुख्यसचिव भएमा रेग्मीको मुख्यसचिव बन्ने पालो आउने छैन । किनकि, श्रेष्ठ र सुवेदीले अवसर पाए ०७७ सालसम्म पदमा रहनेछन् । तर, पााच वर्षे कार्यकालका कारण रेग्मी एक वर्षपछि नै अवकाशमा जानेछन् ।
प्रतिक्रिया