काठमाडौं । दोस्रो चरणको निर्वाचन भएका ३१० तहको नतिजा सार्वजनिक हुँदा एमालेले ८ ठाउँमा विजयी तथा ११६ स्थानमा अग्रता लिएको छ।
त्यस्तै दोस्रो स्थानमा रहेको कांग्रेसले ६ स्थानमा जित हासिल गरेको छ भने ११४ स्थानमा अग्रता लिइरहेको छ । अधिकांश ठाउँमा एमाले र कांग्रेसबीच तिब्र प्रतिस्पर्धा भइरहेकाले अग्रता अगाडि पछाडि भइरहेको छ ।
त्यसैगरी २ स्थानमा विजयी भएको माओवादी केन्द्रले थप ४४ तहमा अग्रता लिएको छ । त्यसैगरी फोरम लोकतान्त्रिकले ७ स्थानमा अग्रता कामय राखेको छ भने राप्रपाले पनि नेपालगञ्ज उपमहानगरपालिकासहित ५ तहमा अग्रता लिएको छ ।
यता संघीय समाजबादीले ५ स्थानमा अग्रता लिएको छ भने जनमोर्चाले १ तथा स्वतन्त्र उमेदावरले १ स्थानमा अग्रता लिएको छ । प्रदेश नं १ मा एमालेले ५९ तथा कांग्रेसले ५२ तहमा अग्रता लिइरहेको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ११ तहमा अग्रता लिएको छ । त्यस्तै राप्रपा र संघीय समाजवादीले २र२ स्थानमा अग्रता लिएको छ ।
प्रदेश नं ५ मा कांग्रेसले ३३, एमालेले ३९ र माओवादी केन्द्रले १७ तथा संघीय समाजवादी फोरमले ३ तथा फोरम लोकतान्त्रिकले ३ स्थानमा अग्रता लिएको छ । नेपालगञ्जसहित २ स्थानमा राप्रपाले पनि अग्रता लिइरहेको छ ।
प्रदेश नं ७ मा कांग्रेसले ३० तह, एमालेले १९ र माओवादी केन्द्रले १६ स्थानमा अग्रता लिएको छ । त्यसैगरी फोरम लोकतान्त्रिकले टिकापुर नगरपालिकासहित ४ स्थानमा अग्रता लिएको छ । राप्रपाले पनि १ स्थानमा अग्रता लिइरहेको छ ।
प्रतिक्रिया