देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बिराटनगरमा कांग्रेसको अग्रता , मोरङका बहुमत सीटमा कांग्रेस अगाडि

देशान्तर

बिराटनगर । कुल १७ वटा स्थानीय तह रहेको मोरङमा नेपाली कांग्रेसको अग्रता देखिएको छ । कांग्रेसले बिराटनगर महानगरपालिकासहित जिल्लाका ८ तहमा अग्रता लिएको छ । नेकपा एमालेले जिल्लाका ७ स्थानीय तहमा अग्रता लिएको छ । एक र एक स्थानमा माओवादी केन्द्र र फोरम लोकतान्त्रिकले अग्रता लिएका छन् ।

यता बिराटनगर महानगरपालिकामा शुक्रबार बिहानसम्मको ताजा मतपरिणाम अनुसार नेपाली कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार भीम पराजुलीले १५२ मत प्राप्त गरी अग्रता लिएका छन् । त्यसैगरी एमालेका मेयरका उम्मेदवार विनोद ढकालले ९७ मत प्राप्त गरेका छन् । त्यसैगरी माओवादी केन्द्रसँग गठबन्धन गरेको संघीय समाजवादी फोरमका तर्फबाट मेयरका उम्मेदवार रहेका उमेश यादवले ८ मत प्राप्त गरेका छन् ।

उपमेयरतर्फ कांग्रेसका उपमेयर इन्दिरा कार्कीले ११५ मत प्राप्त गरेकी छिन् । एमालेसाग गठवन्धन गरिएको फोरम लोकतान्त्रिकका तर्फबाट उपमेयरका उम्मेदवार सुची चौधरीले ५७ मत प्राप्त गरेकी छिन् । त्यसैगरी संघीय समाजवादी फोरमसाग तालमेल गरेको माओवादी केन्द्र तर्फबाट उपमेयरको उम्मेदवार बनेकी नमिता न्यौपानेले ४७ मत प्राप्त गरेकी छिन् ।

बिराटनगर महानगरपालिकाका २, ३ र ४ नम्बर वडाको मतगणना शुरु गरिएको छ । विहीबार १ नम्वर वडाको मात्रै मतगणना शुरु गरिएको थियो । आजबाट थप ३ वडाको मतगणनाको कार्य अघि बढाइएको छ ।

कुल ३५० मत गणना हुादा ७० मत बदर भएका छन् । विहीबार वडा नम्बर १ को मत गणना सुरु हुादा २ वटा बाकसबाट १२२४ मत निकालिएको थियो । बेलुका साढे ४ बजे सुरु भएको मतगणनाको परिणाम अनुसार ४ घन्टामा जम्मा एकसय मतपत्र मात्र गणना भएको देखिन्छ । यही तरिकाले गणना गर्ने हो भने १२२४ मतपत्र गन्न नै निकै दिन लाग्न सक्छ ।

जिल्लाका स्थानीय तहहरुमध्ये सुन्दर हरैंचामा एमालेको अग्रता छ । रंगेली नगरपालिकामा भने माओवादीको अग्रता छ । पथरी शनिश्चरे नगरपालिकामा एमालेको अग्रता छ । नेपाली कांग्रेसले रतुवा माई नगरपालिकामा अग्रता लिएको छ । त्यस्तै बेलबारी नगरपालिकामा पनि कांग्रेसको अग्रता छ । सुनबषर्ी नगरपालिकामा पनि कांग्रेसको अग्रता छ ।

उत्तरी क्षेत्रको मिक्लाजुङ गाउापालिकाका दुई वडामा एमालेको प्यानल नै विजयी भएको छ । मिक्लाजुङ गाउापालिकाको १ र २ नम्वर वडामा एमालेको प्यानल नै विजयी भएको हो । १ नं वडामा दीपक राईसहितको प्यानल विजयी भएको छ भने २ नम्वर वडामा गौरी राईसहित एमालेको प्यानल विजयी भएको छ । मिक्लाजुङ गाउापालिकामा एमालेको अग्रता छ ।

उत्तरी मोरङको अर्को गाउापालिका केराबारीमा पनि एमालेले अग्रता लिएको छ । केराबारीको १ नम्बर वडामा नेपाली कांग्रेसका हेमचन्द्र लिम्बु विजयी भएका छन् । त्यहाँ कांग्रेसले प्यानलै जितेको छ ।

केराबारीमा अध्यक्ष र उपाध्यक्ष दुबैमा नेपाली कांग्रेसले अग्रता लिएको छ । एमाले दोस्रो र माओवादी तेस्रो स्थानमा छन् ।

यता कानेपोखरी गाउापालिकाको एक नम्वर वडामा नेपाली कांग्रेसका दिनेश कार्की विजयी भएका छन् भने खुल्ला सदस्य पनि नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अन्य पदमा भने एमाले विजयी भएको छ ।