बझाङ । बझाङको जयपृथ्वी नगरपालिका–३ मा कांग्रेस र एमालेका कार्यकर्ताबिच झडप भएको छ । एक व्यक्तिको मत अर्को व्यक्तिले हालेको भन्दै ती दुई दलका कार्यकर्ताबिच विवादपछि झडप भएको हो ।
झडपमा वडा नम्बर ३ का कांग्रेसका उम्मेदवार प्रेमबहादुर खड्काको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । झडप भएपछि पाण्डू उच्च मावि केन्द्रमा मतदान रोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मतदान सुरु गर्न पहल भैरहेको पनि कार्यालयले जनाएको छ । यसैबिच बझाङमा अहिलेसम्म ६० प्रतिशत मतदान भएको छ ।
प्रतिक्रिया