काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले गृह मन्त्रालय चुस्त पार्ने घोषणा गरेका छन । गृह मन्त्रालयमा मंगलबार विशेष पत्रकार सम्मेलन गर्दै मन्त्री शर्मा प्रहरी संगठन भित्र देखिएको गुटबन्दी लगायतका सबै खाले बेथीति खारेज गर्दै गृह प्रसाशन चुस्त पार्ने बताएका हुन् ।
गृह प्रशासन सुधार मार्ग चित्र २०७४ प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन्। ‘जवाफदेही गृह प्रशासन शान्ति सुरक्षा र सुशासन’ भन्ने मुल नारा दिइएको ८४ बुँदा लामो यस मार्गचित्रले गृह मन्त्रालयमा देखिएका सबै खाले बेथीतिको अन्त्य गर्ने मन्त्री शर्माले जानकारी दिए । गुण्डागर्दी, संगठित अपराध, जबरजस्ती असुली, मानव बेचविखन, चोरी, अवैध व्यापार, कालो बजारी लगायतका सबै खाले समस्या समाधान गर्ने मन्त्री शर्माले उद्घोष गरे।
त्यस्तै प्रहरी भित्र देखिएको सुरुवा, बढुवालगायतका कामहरु कानून बनाएर व्यवस्थित तरिकाले अगाडि बढाउने बताए । त्यस्तै राजमार्ग बन्द, बन्द हड्ताल लगायतका समस्याका सामाधान गर्न पनि गृह प्रशासनले आवश्यक नीति बनाई काम गर्ने बताए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, विपद व्यवस्थापन विभाग लगाययत गृह मन्त्रालय अन्तर्गतका सबै संगठनको सुधार गर्ने मन्त्री शर्माको मार्ग चित्रमा उल्लेख छ ।
प्रतिक्रिया