देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चुनावलाई लक्षित गरेर कैलालीेमा मदिराजन्य वस्तुमा पुर्ण प्रतिवन्ध

देशान्तर

कैलाली । दोस्रो चरणको स्थानिय चुनावलाई लक्षीत गरेर कैलालीेमा आज देखी मदिराजन्य वस्तु बिक्री वितरणमा रोक लगाइएको छ ।

 

निर्वाचन अवधिभर कुनै घटना नघटोस् हेतुले आज देखी देखि मदिराजन्य वस्तु बिक्री वितरणमा रोक लगाइएको हो । जिल्लाका कुनै पनि सार्वजनिक स्थल, होटेल, रेस्टुरेन्टलगायत स्थानमा आज देखी २० गते सम्म मदिराजन्य वस्तु बिक्री वितरण गर्न नपाउने प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले बताए ।

 

स्थानिय तहको मतदान सम्पन्न भई मतगणनाको अन्तिम परिमाण नआउदासम्म मदिराजन्य वस्तु बिक्री वितरणमा रोक लगाइएको उनले बताए । नियमको उल्घन गरेमा हदै सम्मको कारवाही हुने रिजालले बताएका छन ।