काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सुदूरपश्चिम क्षेत्रमा लोडसेडिङ अन्त्यका विषयमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग छलफल गरेका छन ।
सुदूरपश्चिमको तीनदिने बसाईपछि काठमाडौं आएका दाहालले शनिबार सुदूरपश्चिमको लोडसेडिङ अन्त्य गर्ने विषयमा छलफल गरेका हुन् ।
चुनावी सभालाई संबोधन गर्न सुदूरपश्चिमका विभिन्न जिल्लामा पुगेका दाहालले स्थानीय नागरिकले देशका धेरै ठाउँमा लाडसेडिङ्ग अन्त्य भएपनि सुदुरपश्चिममा अझै लोडसेडिङ हुने गरेकोमा गुनासो गरेका थिए ।
भेटमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्रसारण लाइन र ट्रान्सफर्मरको समस्याका कारण सुदुरपश्चिमाञ्चलमा लोडसेडिङ अन्त्य गर्ने पहल गर्ने प्रतिवद्धता जनाएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया