देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपभोक्ता संरक्षणसम्बन्धी कानुन पारित गर्नुअघि निजी क्षेत्रसँग छलफल गर्ने प्रतिवद्धता

देशान्तर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको आर्थिक विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्न नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीलाई आग्रह गरेका छन् ।
महासङ्घका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले निजी क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको र आर्थिक विकासमा निजी क्षेत्रसँग साझेदारी गर्ने सरकारी नीति दोहो¥याउँदै महासङ्घले उठाएका समस्या समाधानमा सहयोग गरिने बताए ।

प्रधानमन्त्री देउवाले उपभोक्ता संरक्षणसम्बन्धी कानुन व्यवस्थापिका–संसद्बाट पारित गर्नुअघि निजी क्षेत्रसँग बृहत् छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्नुएको अध्यक्ष राणाले जानकारी दिए । भेटका क्रममा अध्यक्ष राणाले चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी तत्काल सञ्चालनमा ल्याउन सरकारी प्रयासको आवश्यकता औँल्याएका थिए ।