काठमाडौं । सरकारले स्वास्थ्य मन्त्रालयको सचिवमा डा. किरण रेग्मीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले डा. रेग्मीलाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
अघिल्लो साता बढुवा समिति बैठकले स्वास्थ्य सचिवमा डा. रेग्मीको नाम मन्त्रिपरिषदलाई सिफारिस गरेको थियो । डा. रेग्मी स्वास्थ्य सचिवका लागि एकमात्र उम्मेदवार थिइन् । उनी मन्त्रालयको स्वास्थ्य विशेषसमेत हुन् ।
रेग्मीको नियुक्तिसँगै नेपाल सरकारमा बहालवाला महिला सचिवको संख्या दुई पुगेको छ । हाल याम कुमारी खतिवडा सचिव पदमा छिन् ।
निजामती सेवामा महिला सचिवको संख्या अत्यन्त न्यून छ । यसअघि बृन्दा हाडा, ऋद्धिबाबा जोशी (प्रधान) सचिव बनेका थिए । जीवन प्रभा लामा सूचना आयोगमा कायम मुकायम सचिव बनेकी थिइन् ।
बिहीबारको मन्त्रिपरिषद बैठकले न्यायाधीश बाबुराम रेग्मीलाई विशेष अदालतको सदस्यमा नियुक्त गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया