काठमाडौं । इंग्लिस क्लव लिभरपुलले इटालीयन क्लव रोमा तथा इजिप्टका विंगर मोहमद सलाहलाई कीर्तिमानी मूल्यमा भित्र्याउने अन्तिम तयारी गरेको छ ।
२५ वर्षीय यी स्टारका लागि लिभरपुलले क्लवको कीर्तिमानी मूल्य ३९ मिलियन पाउण्ड खर्चिने भएको छ । सलाह प्रशिक्षक जर्गेन क्लोपको पहिलो रोजाइमा थिए । लिभरपुलले यसअघि एण्डी क्यारोललाई कीर्तिमानी ३५ मिलियन पाउण्ड खर्चेको थियो ।
बिभिन्न चरणका छलफल भइरहेको र सलाह पनि प्रिमियर लिग खेल्न उत्साही रहेको बताइएको छ । चेल्सीमा रहँदा उनले पूरै समय बेञ्चमा बिताएका थिए ।
यो सम्झौता सम्पन्न भएपछि सलाह लिभरपुलबाट खेल्ने सबैभन्दा महंगा अफ्रिकी खेलाडी हुनेछन् । यसअघि उसले साडियो मेनलाई ३४ मिलियन पाउण्ड खर्चेको थियो ।
इजिप्टका सुपरस्टार सलाह सन् २०१४ मै लिभरपुलसँग नजिकिएका थिए । तर उनलाई चेल्सीले ११ मिलियन पाउण्डको बोली लगउँदै अनुबन्ध गरेको थियो । तर मात्र ६ प्रिमियर लिग खेलपछि उनी लोनमा फियोरेन्टिना र त्यसपछि रोमा पुगेका थिए । तर गत वर्षदेखी रोमाले उनलाई १५ मिलियन पाउण्डमा किनेको थियो ।
तर, लिभरपुल उनलाई किन्ने अन्तिम तयारीमा छ र चार वर्षको सम्झौता हुनसक्ने बताइएको छ । रोमाले गत सिजनको सिरी एमा दोस्रो स्थान हासिल गर्दा सलाह टिमका सबैभन्दा महत्वपूर्ण खेलाडी थिए । उनले ३१ लिग खेलमा १५ गोल गरेका छन् ।
लिभरपुलले चेल्सीका अण्डर नाइन्टिन स्ट्राइकर डोमिनिक सोलान्केलाई अनुबन्ध गरिसकेको छ । जो हालै सम्पन्न अण्डर ट्वान्टी विश्वकपमा इंग्ल्याण्डका सर्बा्धिक गोलकर्ता हुन् ।
प्रतिक्रिया