देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

युवा पुस्ताको संयुक्त मुक्तक संग्रह ‘परिर्वतन’ बजारमा

देशान्तर

काठमाडौँ । ७१ युवा सर्जकका मुक्तक समेटिएको मुक्तक संग्रह ‘परिर्वतन’ बजारमा आएको छ । एक समारोहकाबीच राजधानीको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आर.आर. कलेज) शनिवार उक्त मुक्तक संग्रहको विमोचन गरिएको हो ।

 

गोविन्द लामिछानेको संयोजन-सम्पादनमा प्रकाशित मुक्तक संग्रहको वरिष्ठ गजलकार डा. घनश्याम परिश्रमी, थारु भाषाका श्रष्टा पुनाराम कर्यावरिका, समालोचक जिके पोखरेल लगायतले संयुक्त रुपमा विमोचन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि तथा वरिष्ठ गजलकार डा. परिश्रमीले यो संयुक्त मुक्तक  सङ्ग्रहले नेपाली मुक्तकको विकासमा एउटा इट्टा थप्ने विश्वास व्यक्त गरे । थारु भाषाका स्रष्टा पुनाराम कर्यावरिकाले गजल सुनाएर उपस्थित साहित्यप्रेमीलाई मनोरञ्जन प्रदान गरेका थिए ।

 

परिवर्तन सर्गम साहित्य प्रतिष्ठानद्वारा आयोजित महिनाको पहिलो शनिबारीय कार्यक्रममा गौरी पब्लिक रिलेशन एन पब्लिकेशनको सहकार्यमा उक्त मुक्तक संग्रह विमोचन गरिएको रोशन दाहालले जानकारी दिए । मायाप्रेम, सामाजिक तथा देशभक्तिसम्मका भावना समेटिएको उक्त मुक्तक संग्रहको मूल्य रु. १२५ रहेको छ ।