देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कैदीबन्दीको उपचारका लागि आठ करोड खर्च

देशान्तर

कारागार व्यवस्थापन विभागले कैन्दीबन्दीको उपचारका लागि वार्षिक करिब रु आठ करोड खर्च गर्ने गरेको छ ।
देशभरका ७४ कारागारमा रहेका १८ हजारको हाराहारीका कैदीबन्दीको स्वास्थ्योपचारका लागि वार्षिक उक्त रकम खर्च गर्दै आएको हो ।

 

विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरेले सामान्य बिरामीको उपचार सम्बन्धित कारागारभित्रबाट गरिँदै आएको र गम्भीर बिरामीको उपचार व्यवस्था केन्द्रीय कारागार अस्पताल जगन्नाथ देवलबाट गरिएको जानकारी दिनुभयो । “मानसिक बिरामीलाई पाटन र धुलिखेलबाट तथा क्यान्सर बिरामीलाई चितवनको क्यान्सर अस्पतालबाट उपचार सेवा प्रदान गर्दै आइरहेका छौँ”, महानिर्देशक घिमिरेले भने ।

 

विभागले देशभरका ७४ कारागारका बिरामी कैदीबन्दीको उपचारका लागि एक अहेव तथा केन्द्रीय कारागार अस्पतालमा उपचारका लागि सात चिकित्सकको व्यवस्था गरेको छ । सरकारले कैदीबन्दीको रासन, पानी तथा औषधोपचारका लागि वार्षिक रु ६५ करोड खर्च गर्ने गरेको विभागले जनाएको छ ।