बझाङ । स्थानीय तहको दोस्रो चरणको चुनावलाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालयले बझाङमा रहेका सबै रक्सी पसलहरुमा ताला लगाएको छ ।
सर्वदलीय बैठकले गरेको निर्णय अनुसार बिहीबार सदरमुकाम चैनपुर बजारमा भएका रक्सी पसलमा ताला लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर कुँवरले बताए ।
अनुमति प्राप्त रक्सी पसलमा ताला लगाउनुका साथै अवैध रक्सी पसलका रक्सी नष्ट गरिएको प्रहरी सहायक निरीक्षक राधाकृष्ण नाथले बताए । उनका अनुसार सदरमुका चैनपुर बजारमा मात्र झण्डै ६ सय लिटर अवैध रक्सी नष्ट गरिएको छ ।
असार १ गतेदेखि स्थानीय तहको चुनाव र मतगणना गरी नसक्दा रक्सी पसलहरु बन्द गरिने भएको छ । रक्सी पसल भएको ठाँउमा जिल्ला प्रशासन कार्यलयले ताला लगाएको र होटल तथा पसलमा भएको रक्सीलाई सिलबन्दी गरी राखिएको नाथले बताए ।
स्थानीय तहको चुनाव शान्ति पूर्ण वातावरणमा सम्पन्न गर्नका लागि रक्सी नष्ट र पसलमा सिलबन्दी गरिएको प्रमुख जिल्ला अधिकारी कुँवरले बताए ।
जिल्लाका राजनीतिक दल, व्यापारी, उद्योग वाणिज्य संघ, होटल व्यावसायी संघ, महिला अधिकारकर्मी, सन्चारकर्मी, पत्रकारलगायत सबैको सर्वपक्षीय बैठेकले गरेको निर्णय अनुसार रक्सी बन्द र नियन्त्रण गर्ने अभियान सञ्चालन गरिएको कुँवरले जानकारी दिए ।
प्रतिक्रिया