नेपालगञ्ज कारागारमा बलात्कारको अभियोगमा थुनामा रहेका एक व्यक्तिले आत्महत्या गरेका छन् ।
२७ वर्षका अरबिन्द बर्माले बुधबार बेलुका झुन्डिएर आत्महत्या गरेको कारागार प्रमुख श्याम लामिछानेले जानकारी दिनुभयो ।
कारागार भित्र रहेको मन्दिरको हुकमा प्लाष्टिकको डोरीले पासो लगाइ बर्माले आत्महत्या गरेको प्रहरीले जनाएको छ । बर्मा गएको चैत १३ गतेदेखि अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा थिए ।
प्रतिक्रिया