देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्राथमिकताका सवाल निर्धारण

देशान्तर

नेपालगन्ज । राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगन्जले आज ‘बाँके जिल्लाको मानवअधिकार प्राथमिकताका सवाल निर्धारण’ विषयक छलफल कार्यक्रम आयोजना ग¥यो ।

 

आयोगले आगामी दिनमा मानवअधिकारका प्राथमिकताका सवाल निर्धारण गरेर अगाडि बढ्ने उद्देश्य तथा योजनाअनुसार सो कार्यक्रम आयोजना गरेको हो । सरोकारवाला निकायका पदाधिकारीसँग छलफल गरी सङ्कलन गरिएको सुझावका आधारमा राष्ट्रिय योजना आयोगमा नीतिगत सिफारिस गर्ने आयोगका क्षेत्रीय निर्देशक मुरारीप्रसाद खरेलले बताए ।

 

कार्यक्रमा सहभागीले बालविवाह, बालश्रम, महिला अधिकारसँग सम्बन्धित घरेलु हिंसा, यौनजन्य दुव्र्यवहार, मानव बेचविखन, ज्येष्ठ नागरिकका अधिकार, अपाङ्गता भएका व्यक्तिको पहुँच र संरक्षण, द्वन्द्वपीडितलाई न्याय, स्वास्थ्य र शिक्षाको अधिकार, खाद्य अधिकार र सुरक्षा, वातावरणीय अधिकार, स्वास्थ्य तथा सरसफाइ, विकासको अधिकार, प्राकृतिक प्रकोप, भौतिक पूर्वाधारको विकास, कानुनी सचेतना सवाललाई योजनाको प्राथमिकतामा राखिनुपर्नेमा जोड दिएका थिए ।

 

सो अवसरमा प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले आयोगले मानवअधिकारका प्राथमिकताका सवाल छनौट गरेर सोही बमोजिम आगामी दिनमा कार्य गरेमा सामाजिक न्याय र मानवअधिकारको प्रत्याभूति हुने बताए ।

 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राई, जिल्ला शिक्षा अधिकारी भीमबहादुर साउद र मानवअधिकार अधिकृत टङ्कप्रसाद खनालले मानवअधिकार सबैको चासोको विषय बन्नुपर्नेमा जोड दिएका थिए ।