जेरुसेलम । इजरायलको मध्यभागमा हजारौँको सङ्ख्यामा रहेका अरबी शनिबार विरोध ¥याली निकालेका थिए ।
यसै हप्ताको सुरुमा प्रहरीद्वारा एक जना अरबी प्रदर्शनकारी मारिएको विरुद्धमा उनीहरुले विशाल प्रदर्शन गरेका हुन् ।
निजी सुरक्षा गार्डले प्रहार गरेको गोली लागी २१ वर्षीय मोहम्मद मोहम्मद ताहाको गत सोमबार राति मृत्यु भएको थियो ।
इजरायलमा न्युन सङ्ख्यामा रहेका अरबी समुदायप्रति सरकारको विभेदपूर्ण निती रहेको भन्दै उनीहरुले प्रदर्शन गरेको बताएका छन् ।
प्रदर्शनकारीले प्रहरीद्वारा भएको हिंसा र दुव्र्यवहारको आलोचना गरिएको नारा लेखिएको व्यानरसहित प्रदर्शन गरेका थिए ।
अरबी नागरिकको छाता सङ्गठनले आह्वान गरेको ¥यालीमा सहभागीले मारिएका व्यक्तिको हत्या प्रहरीले नै गरेको आरोप लगाएका छन् ।
प्रतिक्रिया