देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डेढ वर्षपछि निगमलाई ग्यासमा नाफा : कति कमायो हेर्नुस्

देशान्तर

काठमाडौं । लामो समयपछि नेपाल आयल निगम एलपीजी ग्यासमा पनि नाफामा फर्किएको छ । झण्डै डेढ वर्षपछि निगमले ग्यासमा नाफा कमाउन सुरु गरेको हो ।

 

निगमले लामा समयदेखि ग्यासमा घाटा बेहोरिरहेको थियो । अन्य पेट्रोलियम प्रोडक्टबाट हुने नाफाको मद्धतामा यसको पूर्ति गरिरहेको निगमले जुन महिनाबाट भने सबै प्रोडक्टमा नाफा कमाउन सुरु गरेको छ ।भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमलाई ग्यासमा प्रतिसिलिन्डर झण्डै ४० रुपैयाँ नाफा भएको हो ।

 

योसँगै निगमले मासिक आफ्नो नाफा २५ करोड र्पुयाएको छ । निगमका अनुसार अहिले निगमलाई कुनै पनि पेट्रोलियम पदार्थमा घाटा छैन ।निगमलाई पेट्रोलमा मात्रै प्रतिलिटर ५ रुपैयाँभन्दा धेरै नाफा छ । अहिले डिजेलमा पनि निगमलाई प्रतिलिटर १ रुपैयाँ नाफा छ ।

 

त्यसैगरी अन्तरितर्फको हवाई इन्धनमा निगमले प्रतिलिटर ११ रुपैयाँ नाफा कमाउँछ भने अन्तर्रा्ष्ट्रिय उडानतर्फको हवाई इन्धनमा १८ रुपैयाँ नाफा भइरहेको निगमले जनाएको छ । मट्टितेलमा मात्रै निगमलाई लिटरमै १८ रुपैयाँ नाफा छ ।

 

निगमका प्रवक्ता सीताराम पोखरेल अहिले नेपालमा पेट्रोलको मूल्य भारतको सीमा क्षेत्रको भन्दा १२ रुपैयाँ सस्तो भएको दावी गर्छन् । डिजेल पनि भारतमा भन्दा २० रुपैयाा सस्तोमा निगमले बेचिरहेको उनको भनाइ छ ।

 

‘हामीले केही समय घाटा सहेर पनि तेल र ग्यास बेच्यौं । चुनावअघि मूल्य समायोजन गर्न नसकिने अवस्था छ’ पोखरेलले भने,’अवस्था हेरेर चुनावपछि समायोजन गर्न सकिन्छ ।’