देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ट्रक दुर्घटनामा १० घाइते

देशान्तर

चितवन । चितवनको इच्छाकामना गाउँपालिकाको कुरिनटारमा आज बिहान ट्रक दुर्घटनामा १० जना घाइते भएका छन् । चितवनको मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ८९ नं को सामान बोकेको ट्रक बिहान करिब ८ बजे दुर्घटना भएको हो ।

 
ट्रक आफैँ अनियन्त्रित भई सडक छेउमा पल्टिँदा सो दुर्घटना भएको र अहिले घाइतेलाई उपचारका लागि भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 
दुर्घटनामा परेकामध्ये ट्रक चालक पर्साका २८ वर्षीय विनोदकुमार शाहको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ । इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केवलकारको द्वार नजिकै ट्रक दुर्घटना भएको प्रहरीको भनाइ छ ।