देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ट्राफिक प्रहरीद्वारा चालु आर्थिक वर्षमा तीस करोड राजस्व सङ्कलन

देशान्तर

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म रु ३० करोड ३० लाख ५२ हजार ९ सय राजस्व सङ्कलन गरेको छ ।

महाशाखाले उपत्यकामा अवैध रुपमा पार्किङ गर्ने, लेन अनुशासन पालना नगर्ने, मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने, हर्न बजाएर सवारीसाधन चलाउनेलगायत कार्यमा संलग्न सवारीसाधनबाट उक्त राजस्व सङ्कलन गरेको हो ।

महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले पाँच लाख ४६ हजार ५६० सवारीसाधन कारबाहीबाट उक्त राजस्व सङ्कलन भएको जानकारी दिए ।

यस्तै, महाशाखाले जेठ १६ गतेदेखि जेब्रा क्रसिङबाट बाटो नकाटी अन्य स्थानबाट बाटो काट्ने पैदलयात्रुलाई जरिवाना गर्दै आएको छ । महाशाखाले अवैधरुपमा बाटो काट्ने पैदलयात्रुलाई यातायात व्यवस्था ऐन, २०४९ को दफा १३६ र १३७ प्रयोग गरी रु २०० जरिवाना लिएको हो ।