देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नवजात शिशुको शव फेला

देशान्तर

जुम्ला । तिला गाउँपालिका– ३ स्थित खेतमा आज नवजात शिशुको बेवारिसे शव भेटिएको छ ।

 

बिहान ६ बजे स्थानीयवासी बालकले खबर गरेपछि नवजात शिशु खेतमा मरेको अवस्थामा भेटिएको कुडारी प्रहरी चौकीका प्रहरी नायब निरीक्षक हिराबहादुर बस्नेतले जानकारी दिए ।

 

प्रहरी नायब निरीक्षक बस्नेतका अनुसार शिशुलाई जन्मनेबित्तिकै हत्या गरेर नदीमा फालिएको र छेउ लाग्ने क्रममा कुलो भएर खेतमा आएको हुनसक्छ । अवैध शिशु भएकाले यसो गरिएको हुन सक्ने उहाँले बताए ।