देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मालपोत कार्यालय बाँकेका दुई कर्मचारी पक्राउ 

देशान्तर

बाँके । जिल्ला मालपोत कार्यालय बाँकेमा कार्यरत दुईजना कर्मचारीलाई अख्तियर दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको छ ।

 

खरिदार नरबहादुर सारु मगर र लेखनदास सर्जु थापाले नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकादोको जग्गाको निर्णय प्रमाणित गरी बिक्री गर्ने प्रयोजनको लागि विभिन्न बहानामा सेवाग्राहीसँग घुस लिएको अख्तियारले जनाएको छ ।

 

उनीहरु दुवै जनालाई सेवाग्राहीबाट चार लाख ९८ हजार घुस रकम लिँदै गरेको अवस्थामा सोमबार राति पक्राउ गरिएको अख्तियारका शाखा अधिकृत निराजन शर्माले जानकारी दिए ।

 

नेपालगञ्जको धम्बोझिमा रहेको एनएफसी रेष्टुरेन्टबाट घुस रकमसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ ।