देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यहि हप्ताभित्रै मनसुन सुरु हुने

देशान्तर

काठमाडौं। यहि हप्ताभित्रै मनसुन सुरु हुने मौसमविदले बताएका छन् । सामान्यतया जुन १० तारिखमा पूर्वी नेपालबाट मनसुन प्रवेश गरि केही दिनमा देशभर फैलिने गरेपनि यस वर्ष मनसुन सामान्य भन्दा केही दिन अगाडि नै सुरु हुने अनुमान गरिएको हो ।

 

पूर्वी र मध्य बंगालको खाडीमा तथा बंगलादेशको मध्य भागसम्म मनसुन विकसित भइसकेकोले नेपालमा मनसुन केही दिन भित्रै भित्रिने मौसमविद् विभूति पोखरेलले बताए । जुन १० तारिख अर्थात अबको चार दिन भित्र मनसुन भित्रने सम्भावना रहेको उहाँले बताए ।

 
यस्तै मंगलबार पनि देशका धेरै ठाउँमा झरी पर्ने अनुमान छ । मनसुनी वायु सक्रिय हुन थालेकाले एक दुई दिन जमिन भिज्ने गरी पानी पर्ने मौसमविद् पोखरेलले बताए ।

 

उहाँका अनुसार मंगलबार पूर्व र मध्य क्षेत्रका धेरै ठाउँ र पश्चिमीका केही ठाउँमा झरी पर्नेछ । अहिले काठमाडौं उपत्यकासहित देशभरिकै मौसम बदली भएको छ ।