देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चौथो पटक प्रधानमन्त्री बन्दै शेरबहादुर

देशान्तर

 

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा चौथो पटक प्रधानमन्त्री बन्दैछन् । मंगलबार दिउँसो शीर्ष नेताहरुले संसदमा सम्वोधन गरेपछि हुने निर्वाचन प्रक्रियामा देउवा प्रधानमन्त्रीका एक्ला उम्मेदवार हुन् ।

बहुमत प्राप्त भए पनि उनी दुई तिहाइ मतका साथ प्रधानमन्त्री बन्न लालायित देखिएका छन् ।

अहिलेसम्म देउवाका लागि ३९१ मत आउने पक्का भइसकेको छ । संसदमा रहेका सांसद संख्या ५९३ मा ३९६ मत ल्याउने हो भने दुई तिहाइ पुग्छ त्यसका लागि प्रयास भइरहेको काँग्रेसले जनाएको छ ।

पटक पटक घटना र परि घटना ब्यहोदै आएका देउवा १२ वर्षपछि सत्तामा फर्कंदै छन् । पछिल्लो पटक तत्कालीन कांग्रेस प्रजातान्त्रिकका सभापति देउवालाई राजा ज्ञानेन्द्रले २९ जेठ ०६१ मा प्रधानमन्त्री नियुक्त गरेका थिए ।
८ महिनापछि १९ माघ ०६१ मा देउवालाई हटाएर ज्ञानेन्द्रले प्रत्यक्ष शासन गरेका थिए ।

उनी मुलुकमा गणतन्त्र आएपछिका १० औं प्रधानमन्त्रीसमेत बन्दैछन् ।