देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निर्वाचन सुरक्षामा खटिएका सैनिकको गोली लागेर मृत्यु

देशान्तर

दाङ । आफैंले बोकेको बन्दुक पड्किएर गोली लाग्दा सोमबार दाङमा एक सैनिक अमल्दारको मृत्यु भएको छ । निर्वाचन सुरक्षाका क्रममा ट्रकमा गढवा गाउँपालिकातर्फ जाँदै गर्दा राप्ती पुलनजिक दुर्घटनावश आफ्नै बन्दुक पड्किँदा घोराही उपमहानगरपालिका–१० का ३४ बर्षीय किसन थापा घाइते भएका थिए ।

घाइते थापालाई उपचारको लागि राप्ती उपक्षेत्रीय अस्पताल घोराही ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।