देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाजुराको कोल्टीमा सेनाको विमान दुर्घटना, पाइलटको मृत्यु, दुर्इ को जीवितै उद्दार

देशान्तर

काठमाडौं । काठमाडौं । बाजुराको कोल्टी विमानस्थलमा नेपाली सेनाको स्काइ ट्रक विमान दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।


सुर्खेतबाट सिमिकोटको लागि उडेको एन ए ४८ स्काई प्लग जहाज सिमिकोटमा हावाको बहाव बढी भएपछि बाजुरा डाइभर्ट भएको थियो ।

तर, कोल्टी विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर धान खेतमा पुगेको छ । दुर्घटनापछि विमानमा आगो पनि लागेको थियो ।

तर, विमानस्थल नजिकै रहेको नेपाली सेनाको टोलीले स्थानीयको सहयोगमा तत्काल आगो नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले जानकारी दिए ।

विमानमा चालक, सहचालक र विमान परिचारिका गरी तीन जना थिए । उनीहरु मध्ये पाइलट महासेनानी कैलाश गुरुङको निधन भएको छ ।

सुवेदार पूर्णबहादुर खड्का र घाइते अनिता आले छन् । उनीहरुलाई सीता एयरको विमानबाट थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।