काठमाडौं । महानगरपालिकामा माओवादी केन्द्रका मेयर र उपमेयर उम्मेदवारको जमानत जफत भएको छ । मेयरका उम्मेदवार सर्वोत्तम डंगोल र उपमेयरकी उम्मेदवार सुशीला पौडेल दुबैको जमानत जफत भएको छ छ ।
डंगोलले ७ हजार ९ सय ६ मत ल्याएका थिए । पौडेलले १० हजार ४ सय ४८ मत ल्याएकी थिइन् ।
नियमअनुसार निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको घरौटी जफत हुने प्रावधान छ । आजको नागरिक दैनिकमा समाचार छ ।
प्रतिक्रिया