देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पत्रकार एवम् साहित्यकार केवलको निधन

देशान्तर

काठमाडौं । पत्रकार एवम् साहित्यकार मेदिनीकुमार केवल तिवारीको ६० वर्षको उमेरमा आज बिहान निधन भएको छ ।

दार्जिलिङ र सिक्किममा आयोजना हुने साहित्य सम्बन्धी कार्यक्रममा भाग लिन जाने क्रममा महोत्तरीको बर्दिवासमा हिँड्दाहिँड्दै ढलेका उनलाई उपचारार्थ बर्दिवासको शुभ स्वस्तिक अस्पताल लगिएको थियो र चिकित्सकले तत्क्षण उनको निधन भएको घोषणा गरेको पारिवारिक स्रोतले जनाएको छ ।

नेपाली, अवधि र हिन्दी भाषामा साहित्य रचना गर्नुहुने केवलले जनकपुरमा साप्ताहिक पत्रिकाको सम्पादकका रुपमा काम गरेका थिए । पछिल्लो समयमा पनि उनी नेपाली जनसरोकार मासिकको सम्पादक थिए । साथै अवधि भाषाको ‘बटोही’ द्वैमासिकमा पनि उनी कार्यरत थिए ।

केवलका आधा दर्जन कृति प्रकाशित छन् । पछिल्लो पटक उनको गुरुङको उद्भव र संस्कृति सम्बन्धी पुस्तक प्रकाशनमा आएको थियो ।

केवलका बुबासहित दाजुभाइ चितवनबाट बसाइँसराइ गरी जाने क्रममा अन्तै पुगे । उनका बुबामात्र तनहुँ पुगे र त्यहाँ तिवारीको सट्टा केवल लेख्न थाले। साहित्यकार मेदिनीले पनि पितालाई पछ्याउँदै केवल नै लेख्न थाले ।

तनहुँको रुपाकोट पुख्र्यौली थलो भएका केवल हाल दाङको लमहीमा स्थायी बसोवास गथ्र्ये । पत्रकार केवलका आमा, श्रीमती र दुई छोरी छन् ।