देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

खोलाले बगाउदा श्रीमानको मृत्यु, श्रीमती बेपत्ता

देशान्तर

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाँउपालिका– ७ सुरुम्खिम बस्ने एक दम्पतीलाई शुक्रबार खोलाले बगाउदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती बेपत्ता भएकी छन् । खाम्दिम्बे बजारबाट किनमेल गरेर घर फर्कंदै गर्दा खेवाङ र सुरुम्खिमको बीचमा पर्ने सिवाखोला तर्ने क्रममा उनीहरुलाई खोलाले बगाएको थियो ।

खोलाले बगाउँदा– २२ वर्षीय गोपाल तामाङ झन्डै एक किलोमिटर पर मृत अवस्थामा फेला परेकाछन् भने उनकी श्रीमती २१ वर्षीया रिना तामाङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

बेपत्ता रिनाको खोजी भइरहेको छ । शुक्रबार सो क्षेत्रमा ठूलो वर्षा भएकाले खोला बढेको स्थानीयवासीले बताएका छन् । खोलामा पानीको सतह बढे पनि दुबै एकैसाथ खोला तर्ने क्रममा अचानक बगेको बताइएको छ ।

सुतेकै ठाउँमा मृत फेला

यसैगरी ताप्लेजुङ सदरमुकाम फुङ्लीङको एक होटलमा बेलुकी खाना खाएर सुतेका ट्रक चालक सुतेकै ठाँउमा मृत फेला परेका छन् ।

फुङ्लिङ नगरपालिका– ४ मा स्टाफ होटलमा खाना खाएर सुतेका ना २ ख ८५६९ नम्बरको ट्रकका चालक गणेश खवास आज बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

झापा घर भएका अन्दाजी ४०/४५ वर्षीय खवास सहचालकसँगै सुतेका थिए । बिहान उठ्ने क्रममा उनलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।