देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गोसाइँकुण्डमा डुवेर भक्तजनको निधन

देशान्तर

रसुवा । गङ्गादशहरा पर्वमा तीर्थ गर्न गोसाइँकुण्ड पुगेका एक यात्रुको आज बिहान निधन भएको छ ।

प्रहरी प्रमुख फणिन्द्र प्रसाईंका अनुसार निधन हुनेमा काठमाडौँ चन्द्रागिरि नगरपालिका–१४ नैकापस्थित कार्की टोलकी ४० वर्षीया रोजीना कार्की रहेकि छन् । उनी आफन्तजनसँग तीन दिनअगाडि तीर्थ गर्न गएका थिए ।

गङ्गादशहरा पर्वमा भगवान् शङ्कर विराजमान रहेका पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा उनको नीलकण्ठ दहमा डुबेर निधन भएको थियो । शव दहबाट बाहिर निकाल्न आवश्यक सामग्रीसहित प्रहरी खटाइएको प्रहरी प्रमख प्रसाईंले बताए ।

कुण्डमा रहेको शव बाहिर निकाल्ने मद्दतका लागि आफ्नो मातहतमा रहेको चन्दनबारी ढिम्सापोष्टबाट नेपाली सेना गोसाइँकुण्डतर्फ पठाइसकिएको नेपाली सेना नारायण दल गण धुन्चेले जनाएको छ ।

आजदेखि सुरु भएको गोसाइँकुण्ड मेला २१ गतेसम्म चल्ने, गङ्गादशहरा पर्वको पहिलो दिन सयौँ यात्रुले कुण्डमा स्नान गरेको र भक्तजनको ओहरदोहर भइरहेको स्थानीय होटल व्यवसायीले बताएका छन् ।