देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारको नीति तथा कार्यक्रम आज ४ बजे

देशान्तर

काठमाडौं । सरकारको वार्षिक नीति तथा कार्यक्रम आज व्यवस्थापिका संसदमा पेस हुँदैछ। सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम संसदमा पेस गर्नेछिन्। नीति तथा कार्यक्रम पेसका लागि अपरान्ह ४ बजे संसद् बैठक बोलाइएको छ। चुनावी आचारसंहिताका कारण यो पटक बजेट र वार्षिक नीति कार्यक्रममा कुनै नयाँ विषय समेटिएका छैनन्। नयाँ कार्यक्रमभन्दा पुरानै कार्यक्रमको निरन्तरता र विस्तारमात्र गरी नीति तथा कार्यक्रम तय भएको अर्थ मन्त्रालयले यसअघि नै स्पस्ट पारिसकेको छ।

स्थानीय तहको संख्या थपको विरोधमा प्रमुख प्रतिपक्ष दलले सदनका अन्य कारवाहीमा अवरोध पु¥याए पनि नीति तथा कार्यक्रम र बजेट प्रस्तुतका लागि भने लचिलो देखिएको छ। संख्या थपको विरोधका कारण मंगलबार र बुधबार दुई दिनको बैठक सूचना टाँसेर स्थगित भएको थियो। बैठक सुचारु हुन नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री कार्यालय सिंहदरबारबाटै राजीनामाको घोषणा गरेका थिए।

सदन अवरुद्ध गर्ने एमालेको निर्णयमा कुनै पनि राजनीतिक सहमति हुन नसक्दा यो पटक प्रिबजेट छलफल हुन सकेन। नीति तथा कार्यक्रम र बजेट बक्तव्यका लागि सदनको कारवाही सुचारु गर्न प्रतिपक्षी दल सहमत भए पनि त्यसपछिका प्रक्रियामा भने एमाले सहयोग गर्ने संकेत शीर्ष नेताहरुको बैठकमा गरिसकेको छ।