देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कस्मिरमा पाकिस्तानी आक्रमणबाट तीन गोर्खा सैनिकको मृत्यु

देशान्तर

नयँदिल्ली । भारतको जम्मु कास्मिरमा भारतीय सेनामा कार्यरत तीनजना गोर्खा सैनिकको मृत्यु भएको छ । पाकिस्तानी विद्रोहीको आक्रमणबाट उनीहरुले सहादत प्राप्त गरेको भारतीय सेनाले जनाएको छ ।

मृत्यु हुनेमा हवल्दार गिरीश गुरुङ, डम्बर बहादुर र राइफलम्यान रविन शर्मा छन् । उनीहरुको अन्त्येष्टिमा सयौं नागरिक उपस्थित थिए । उनीहरुमा सबैभन्दा कान्छा रविन थिए । पाँच बर्षअघि मात्र भारतीय सेनामा प्रवेश गरेका उनको गत माघमा बिहे भएको थियो ।

मृतक डम्बरका १५ र १३ बर्षका मोनिका र मिलन दुई सन्तान छन् । उनी १९९६ मा सेनामा प्रवेश गरेका थिए । आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।