देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाल्पा कांग्रेसले उम्मेदवारकोे टुङ्गो लगायो

देशान्तर

पाल्पा । नेपाली कांग्रेस पाल्पाले स्थानीय तहको निर्वाचनका लागि नगरपालिका तथा गाउँपालिकाको प्रमुख र उपप्रमुख उम्मेदवारको टुङ्गो लगाएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको यो जिल्लामा आउँदो जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि काँग्रेसले उम्मेदवार छनोट गरी प्रचारप्रसारलाई तीव्रता दिन थालेको छ ।

तानसेन नगरपालिकाको नगर प्रमुखमा अजयमान कर्माचार्य र उपप्रमुखमा लालकुमारी राना, रामपुर नगरपालिकाको प्रमुखमा रमणबहादुर थापा र उपप्रमुखमा विष्णुदेवी घिमिरे आचार्यलाई काँग्रेसले सर्वसहमतिमा उम्मेदवारी छनोट गरेको हो ।

गाउँपालिकातर्फ निस्दी गाउँपालिकाका अध्यक्ष पदमा शालिकराम पाण्डेय, उपाध्यक्षमा राममाया सोमै, रम्भा गाउँपालिकाको अध्यक्षमा अशोक फाल, उपाध्यक्षमा विष्णु सिञ्जाली, बगनासकाली गाउँपालिकाको अध्यक्षमा कृष्ण बस्याल, उपाध्यक्षमा पेमा चिदी र माथागढी गाउँपालिकाको अध्यक्षमा सन्तोष थापा तथा उपाध्यक्षमा निर्मला भट्टराईलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै पूर्वखोला गाउँपालिकाको अध्यक्षमा झमनराज मगर, उपाध्यक्षमा पुष्पा गाह, रैनादेवी छहरा गाउँपालिकाको अध्यक्षमा रामबहादुर कार्की,उपाध्यक्षमा चेतना थापा, तिनाहुँ गाउँपालिकाको अध्यक्षमा महेन्द्र पाण्डे, उपाध्यक्षमा मनु कार्की र रिब्दिकोट गाउँपालिकाको अध्यक्षमा गोविन्दबहादुर आचार्य र उपाध्यक्षमा कमला छहरीलाई सर्वसहमतिमा उम्मेदवार छनोट गरिएको नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सचिव झपेन्द्र गहिरेले जानकारी दिए ।