देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालको आर्थिक वृद्धिदर निरन्तर ओरालो लाग्दै

देशान्तर

काठमाडौं । नेपालको गरिबी उल्लेख्य रुपमा घटे पनि आर्थिक वृद्धिदर उच्च हुन नसक्दा नीतिगत बृहत् सुधारका कार्यक्रमले अर्थतन्त्रलाई उकास्ने एक प्रतिवेदनले औँल्याएको छ ।

विश्व बैंकले मंगलवार सार्वजनिक गरेको ‘मध्यआयको मार्गमा नेपाल’ नामक उक्त प्रतिवेदनले उत्पादकत्व वृद्धि र लगानी प्रवद्र्धन गर्न नीतिगत सुधार अपरिहार्य भएको देखाएको छ ।
पूर्वाधार र सार्वजनिक क्षेत्रमा लगानी वृद्धि, दक्ष जनशक्ति उत्पादन तथा मानव पुँजी निर्माण, लगानीमैत्री नीति, विद्युत् उत्पादनमा विशेष प्राथमिकता, एकीकृत कृषि विकास र व्यावसायिक तथा सीपयुक्त शिक्षाको विकासबाटै आर्थिक वृद्धिदर बढोत्तरीमा मद्दत पुग्ने प्रतिवेदनले सुझाएको छ ।

बैंकका वरिष्ठ अर्थशास्त्री दामिर कोसिकले नीतिगत व्यवधानको अन्त्य, आर्थिक वृद्धिका नयाँ स्रोतको निर्माण, उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग र जनतामा लगानी बढाउन सके आर्थिक वृद्धिको बाटामा अग्रसर हुन सकिने बताए । “कतार जानुभन्दा नेपालकै विद्युत् परियोजनामा काम गर्ने वातावरण निर्माण गर्न अपरिहार्य भएको छ”, खाडी मुलुक र मलेसियाका वैदेशिक रोजगारीबाट भन्दा अहिले नेपालमा नै रोजगारीका अवसर निर्माण गर्नुपर्नेमा जोड दिँदै उनले भने । भूकम्पपछिको पुनःनिर्माणलगायत नेपालमा कामका अवसर रहेका र थप रोजगारीका क्षेत्र सिर्जना गर्नुपर्ने सुझाव उनले दिए ।