देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

धौलागिरिमा पथप्रदर्शक बेपत्ता

देशान्तर

म्याग्दी । धौलागिरि हिमाल आरोहरण गरेर फर्कदै गरेका एक पथप्रर्दशक बेपत्ता भएका छन् ।

धौलागिरि गाउँपालिका– ४ मुदीमा पर्ने धौलागिरि आधार शिविरबाट सोलुखुम्बुको चौंरीखर्क– ३ का ३० वर्षीय आङनिमा शेर्पा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आइतबार साँझदेखि सम्पर्कविहीन शेर्पाको स्थलगत र हेलिकप्टर मार्फत खोजी तीव्र बनाइएको प्रहरी नायब उपरीक्षक वसुन्धरा खड्काले बताए ।

हिमालयन एक्पिडिसिनमार्फत भारतीय एयर फोर्सका १४ आरोहीको टोलीको पथप्रदर्शकका रुपमा शेर्पा धौलागिरिमा गएका थिए । आरोहणमा गएका भारतीय टोली भने सुरक्षित रहेको प्रनाउ खड्काले बताए ।