देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सडक दुर्घटनामा एकको मृत्यू

देशान्तर

काठमाडौं । स्वयम्भूस्थित हलचोकमा भएको सडक दुर्घटनामा नुवाकोट, विदुर नगरपालिकाका ५० वर्षीय चेतनाथ भट्टको मंगलवार मृत्यु भएको छ ।

ना ५ ख ४८९६ नं को भाडामा चल्ने सार्वजनिक यातायातले ७।४५ बजे नुवाकोट, विदुर नगरपालिका– ८ स्थायी घर भई हाल स्वयम्भू बस्ने भट्टलाई ठक्कर दिएपछि त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूले चालकलाई पक्राउ गरी दुर्घटनामा संलग्न सवारी साधनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।