देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मातातीर्थमा साहित्यकार

देशान्तर

काठमाडौ । नेपाल स्रष्टा समाजले आफ्नो १०औँ स्थापना दिवसका अवसरमा मातातीर्थमा विशेष साहित्यिक वनभोजको आयोजना गरेको छ ।
कार्यक्रममा नगेन्द्रराज शर्मा, चन्द्रप्रसाद भट्टराई, नरेन्द्रबहादुर श्रेष्ठ, पवन आलोक, किशोर पहाडी, विधान आचार्य, चेतनाथ हरित, डा गोविन्दमानसिंह कार्की, जीवनाथ पोखरेल, देविकानन्द तिमिल्सिना, विजयध्वज थापा, लेखजङ्ग खत्री, जयदेव भट्टराई, मधु पाठक, आश्विन लम्साल र राजेन्द्र उप्रेती, पुष्पा खनाल, जानु धिताल, उषा भट्टराई, रेखा कँडेल, देवकी केसी, रश्मि रिमाल, सीता कँडेल लगायतले आफ्ना रचना तथा विविध प्रस्तुति पस्किएका थिए ।
सो अवसरमा नेपाली समसामयिक साहित्यका विविध पक्षमा अन्तक्र्रिया गरिनाका साथै हास, परिहास, गीत एवम् नृत्य तथा सिर्जना सम्बन्धमा गम्भीर चिन्तनसमेत गरियो । साहित्यिक कार्यक्रमका अतिरिक्त धार्मिकस्थल मातातीर्थको दर्शन, पौडी तथा त्यहाँ वरपर रहेका प्राकृतिक र सांस्कृतिक क्षेत्रको अवलोकन भ्रमणमा समेत साहित्यकार रमाएका थिए ।