देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसदमा प्रिबजेट छलफल आज, संसद बैठक ३ बजे बस्दै

देशान्तर

काठमाडौं । व्यवस्थापिका संसदमा आर्थिक वर्ष २०७४/०७५ को वार्षिक बजेटको सिद्धान्तमाथि मंगलवार संसदमा छलफल हुँदैछ । सरकारका तर्फबाट अर्थमन्त्री कृष्णबहादुर महराले सैद्धान्तिक पक्षमा छलफलका लागि प्रस्थाव राख्नेछन् । महराले बजेटका प्राथमिकता सदनमा पेस गर्नेछन् ।

सरकारले पेस गरेको प्रस्तावमा आज एकदिन मात्र छलफल हुनेछ। बजेट पूर्वका छलफलका रुपमा यसअघिका वर्षमा कम्तीमा तीन दिनसम्म छलफलको प्रचलन भए पनि समय अभावका कारण यो वर्ष एकदिन मात्र छलफल हुने लागेको हो । संसद् सचिवालयको आन्तरिक कार्यतालिका अनुसार बिहीबार सरकारको नीति तथा कार्यक्रम पेस हुनेछ ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते सदनमा बजेट पेस हुनेछ । निर्वाचन आचारसंहिताका कारण यस पटकको बजेटमा कुनै पनि नयाँ योजना समावेश नहुने अर्थ मन्त्रालयले स्पस्ट पारिसकेको छ । पुरानै कार्यक्रममा आधारित रहेर बजेट ल्याउन लागिएको हो ।

त्यसैगरी व्यवस्थापिका–संसद्को आज बिहान ११ः०० बजेका लागि बोलाइएको बैठक अपराह्न ३ः०० बजेका लागि सरेको छ । संसद् सचिवालयका अनुसार प्रमुख राजनीतिक दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेका कारण बैठक पर सारिएको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विशेष सम्बोधन गर्नेछ ।