देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री दाहाल आज राजीनामा दिने तयारीमा

देशान्तर

काठमाडौँ । मधेसी मोर्चामा आबद्ध दलहरूले थप कुनै माग नराखे प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलवार पदबाट राजीनामा दिने तयारी गरेका छन् । मंगलबार संसद्मा विशेष सम्बोधन गर्दै प्रधानमन्त्रीले सत्तासाझेदार दल कांग्रेससँगको पूर्वसहमतिअनुसार राजीनामा दिन लागेका हुन् ।

सोमबार बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले पनि प्रधानमन्त्रीको राजीनामाको विषय अनुमोदन गरिसकेको छ । मधेसी मोर्चामा आबद्ध दलहरूको माग सम्बोधन गर्दै मन्त्रिपरिषद्को सोमबारको बैठकले तराईमा २२ स्थानीय तह बढाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री दाहालले मंगलबार बिहान मोर्चाका नेताहरूसँग छलफल गर्दै छन् । छलफलमा मोर्चाको तर्फबाट थप कुनै माग नआए र परिस्थितिमा परिवर्तन नआए मंगलबार नै प्रधानमन्त्रीले राजीनामा दिने मनस्थिति बनाएको माओवादी प्रवक्ता पम्फा भुसालले बताइन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।