देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अबको दुई सातामा कांग्रेस सभापति देउवा प्रधानमन्त्री

देशान्तर

काठमाडौं । कांग्रेस–माओवादीबीचको सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्न राजीनामा दिँदै छन् । त्यस्तो अवस्थामा एमालेले पनि प्रधानमन्त्री उम्मेदवार अघि सार्नेछ । त्यसो हुँदा बहुमतीय सरकार गठनको बाटोमा संसद् जानेछ । बहुमतीय प्रक्रियाबाट देउवा प्रधानमन्त्री बन्न दुई हप्ता लाग्नेछ ।

प्रधानमन्त्री दाहालले राजीनामा दिएसँगै उनको सरकार कामचलाउ सरकारमा परिणत हुनेछ । त्यसपछि देश नयाँ सरकार निर्माणको प्रक्रियामा जानेछ । नयाँ सरकार दुई प्रक्रियामा बन्नेछ । सुरुमा राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकारका लागि आह्वान गर्नेछिन् । राष्ट्रपतिले दुई साताको समय दिएर सहमतिको सरकार निर्माणको मौका दिनेछिन् ।

सहमतिका आधारमा सरकार गठन हुन नसकेमा राष्ट्रपतिले बहुमतीय सरकार गठनको दोस्रो विकलप प्रयोग गर्नेछिन् । सहमतीय सरकार गठनका लागि दिएको समयावधिमा कसैले पनि सरकार गठन गर्न नसकेमा राष्ट्रपतिले संसद्मा पत्र पठाउँदै बहुमतीय सरकार गठन गर्न पत्र लेख्नेछिन् । त्यसपछि बहुमतीय सरकार गठनको प्रक्रिया सुरु हुनेछ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।