देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एराप्रपा राष्ट्रवादीमा पदाधिकारी मनोनयन

देशान्तर

काठमाडौं । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीले सोमवार आठ पदाधिकारीको मनोनयन गरेको छ ।
पार्टी अध्यक्ष डा प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा बसेको कार्यसम्पादन समितिको बैठकले उपाध्यक्षमा वरिष्ठ अधिवक्ता विष्णु भट्टराई, तारानाथ लुइँटेल, ऋषिबाबु परियार, वृजलाल यादव र मीनबहादुर कुँवरलाई मनोनयन गरेको छ ।

महामन्त्रीमा श्यामप्रसाद तिमल्सिना र भरतजङ्ग उप्रेती तथा सहप्रवक्तामा प्रकाशचन्द्र सुवेदीलाई जिम्मेवारी दिइसकिएको छ । यसअघि वरिष्ठ नेतामा केशरबहादुर विष्ट तथा वरिष्ठ उपाध्यक्षमा गणेश शेरचनलाई मनोनयन गरिएको थियो । बैठकले पहिलो चरणमा सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा गर्दै दोस्रो चरणको चुनाव हुने क्षेत्रमा सशक्त राजनीतिक गतिविधि सञ्चालन गर्ने निर्णय गरेको सहप्रवक्ता सुवेदीले जानकारी दिए ।