देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमाले बाहेकका पार्टीद्धारा पोखरामा पुनः निर्वाचनको माग

देशान्तर

पोखरा । नक्कली स्वस्तिक छाप लागेको मतपत्र भेटिएपछि शनिवार राती देखि पोखरा–लेखनाथ महानगरपालिकाको मतगणना अझै सुचारु हुन सकेको छैन् । निर्वाचन आयोगको निर्देशनमा जिल्ला निर्वाचन कार्यालयले आइतबार मतगणना अघि बढाउने प्रयास गरेपनि असफल भएपछि फेरि राजनीतिक दलहरुहको सहमति भएपछि मात्रै मतगणना हुने भएको हो ।

उसले निर्वाचन आयोगले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७ मा केही चाक्लो स्वस्तिक छाप लागेको मतपत्र सदर भएको र दुई वटा हस्ताक्षर मतदान अधिकृतकै भएकाले स्वस्तिक छाप केही चाक्लो हुँदैमा मतगणना रोक्नुपर्ने कारण नदेखिएको भन्दै मतगणनाका लागि प्रतिनिधि पठाउन दलका उम्मेद्वार तथा स्वतन्त्र उम्मेद्वारहरुलाई आग्रह गरेको थियो ।

ती सवै मतपत्रमा सुर्य चिन्हमा छाप लागेको थियो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, नयाँ शक्ति, संघीय समाजवादी फोरम लगायतका दलले मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णलाई ज्ञापनपत्र बुझाउँदै पुनः निर्वाचनको माग गरेका हुन् । दलहरुले मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णलाई मतगणना बहिस्कार गर्ने ज्ञापन पत्र बुझाउनुका साथै २ कांग्रेस सांसदहरु यज्ञबहादुर थापा र शारदा पौडेल मतगणना स्थलमै धर्नामा बसेका थिए ।

दलहरुको बहिस्कार र सांसदहरुको धर्नाका कारण मतगणना अगाडि बढाउन नसकेपछि मुख्य निर्वाचन अधिकृत कर्णले राती करीब १२ बजे सहमतिमा मात्र मतगणना गर्ने भन्दै धर्ना तोड्न लगाएका थिए । सहमति अनुसार आज दिउँसो सर्वदलीय बैठक बस्दैछ । बैठकमा निर्वाचन आयोगले एकजना प्रतिनिधि पोखरा पठाउने तयारी गरेको छ ।